नियम ९१
मेलमिलापकर्ताको सूची अद्यावधिक
(१) अदालतले प्रत्येक वर्ष मेलमिलापकर्ताको सूची अद्यावधिक गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम मेलमिलापकर्ताको सूची अद्यावधिक गर्दा देहायको अवस्थामा मेलमिलापकर्ताको नाम सूचीबाट हटाइनेछः-

(क) मृत्यु भएमा,

(ख) आफ्नो नाम सूचीबाट हटाइपाउँ भनी निवेदन दिएमा,

(ग) नियम ९७ को उपनियम (४) बमोजिम सूचीबाट हटाउने आदेश भएमा,

(घ) नैतिक पतन देखिने फौजदारी अपराधमा-“सजाय पाएमा,

(ङ) सूचीकृत भएको संस्था खारेज वा विघटन भएमा ।

(३) अदालतले उपनियम (२) बमोजिम मेलमिलापकर्ताको सूचीबाट नाम हटाएमा सो सम्बन्धी सूचना प्रकाशन गर्नेछ ।